Monday, 17th August, 2026
वि.स.

२२ कात्तिकबाट डाँडाबासमा अन्तर-वडा भलिवल, कसले जित्ला रु. ५१,१५१ ?

FB_IMG_1730889846104-1730904401.jpg

थाहा नगरपालिकाको वडा नम्बर ७ मा २२ कार्तिकबाट शुरु हुने अन्तर वडा मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको आयाेजकले जनाएकाे  छ । स्थानीय पर्यटन प्रवर्धनका लागि आयोजित प्रतियोगितामा थाहा नगरपालिका र कैलाश गाउँपालिकाका वडा भलिबल टिमहरुको सहभागिता हुनेछ ।

दुई पालिकास्तरीय प्रतियोगिताका लागि २१ वटा टिमले नाम दर्ता गराएको प्रतियोगिताका संयोजक सुजिन्द्र गोलेले जानकारी दिए । ७ नम्बर वडाको डाँडाबास खेल मैदानमा हुने प्रतियोगिता २५ कार्तिकसम्म सञ्चालन हुनेछ । 

प्रतियोगिताका विजयी टिमले ५१ हजार १ सय ५१ रुपियाँ, द्वितीय हुनेले ३१ हजार १ सय ३१ रुपियाँ र तृतीय हुनेले १३ हजार १ सय १३ रुपियाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक गोलेले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्टहरुलाई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।

सल्ले राम्चे युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको सहआयोजक हिमशिखर बचत तथा ऋण सहकारी संस्था थाहा - ७ डाँडाबास रहेको छ । थाहा नगरपालिका वडा नम्बर ७ मुख्य सहयोगी रहेको प्रतियोगिताको अफिसियल मिडिया पार्टनहरु पालिका प्रेस डटकम, थाहा टाइम्स र थाहापाटी रहेका छन् ।

आयोजकले प्रतियोगिता अवलोकन गर्नका लागि सम्पूर्ण खेलप्रेमीहरुलाई सूचना मार्फत अनुरोध गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif