Tuesday, 25th August, 2026
वि.स.

२१२ सांसदको कोरोना रिपोर्ट नेगेटिभ

pcr-test-1588928569.jpg

संघीय (संसद प्रतिनिधिसभा र राष्ट्रियसभा) का सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै ४४० जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । तीमध्ये २१२ सांसद र बाँकी संसद् सचिवालयका कर्मचारी हुन् ।

उनीहरु सबैको संसद् भवन नयाँ बानेश्वरमा स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो ।

२६ बैशाख देखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनोको जोखिम हुन नदिन सांसद् र कर्मचारीको अनिवार्य पीसीआर परीक्षण गरिएको थियो ।

महाशाखा निर्देशक डा .पाण्डेका अनुसार बिहीबार परीक्षण नभएका सांसदको आज पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif