Sunday, 30th August, 2026
वि.स.

२० दिन पछि सार्वजनिक भए कार्यक्रम किम जोङ उन

BBC-1588386217.jpg

उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि देखिएका छन् । यो जानकारी उत्तर कोरियाली सरकारी मिडियामार्फत् पाइएको हो । पछिल्ला थुप्रै दिनदेखि किम जोङ उन नदेखिँदा उनको स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अडकलबाजी चलिरहेको थियो ।

केसीएनए समाचार एजेन्सीको रिपोर्टको अनुसार किम जोङ उनले मल बनाउने एक कारखानाको रिबन काटेर उद्घाटन गरे । सरकारी मिडियाका अनुसार जब उनी अगाडि आए, त्यहाँ उपस्थित मानिसहरुले तालीको गडगडाहटले उनको स्वागत गरे । केसीएनए न्यूजका अनुसार किम जोङ उन आफ्नी बहिनी किम यो जो र थुप्रै विशिष्ट अधिकारीसँग थिए ।

यद्यपि, सरकारी मिडियोको यो रिपोर्टको स्वतन्त्र रुपमा पुष्टि भने गर्न सकिँदैन किनभने यो कार्यक्रमको कुनै पनि तस्बिर सार्वजनिक भएका छैनन् । यसअघि उनी अप्रिल १२ मा सार्वजनिक रुपमा देखिएका थिए । लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका उनी गम्भीर रुपले बिरामी भएको दाबी गरिँदै थियो । बुधबार यस्ता अड्कलबाजी थप बढे जब अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भने, ‘उत्तर कोरियाका अधिकारीले किम जोङ उनलाई पछिल्लो थुप्रै दिनदेखि देखेका छैनन् ।’

यद्यपि, दक्षिण कोरियाले भने किम जोङ उन गम्भीर रुपमा बिरामी भएको खबर सही नभएको बताएको थियो ।

स्रोतः बीबीसी



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०