Monday, 31st August, 2026
वि.स.

२०७७ सालको शुभारम्भसंगै सुरुङमार्ग निर्माण सुरु– मुख्यमन्त्री पौडेल

Dm-buda-1580607549.jpg

बागमती प्रदेश सरकारले २०७७ वैशाख १ गतेदेखि सुरुङमार्ग निर्माण सुरु गर्ने गरी काम अगाडि बढाएको मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

आज शनिवार भएको प्रदेशसभाको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै उनले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता सुरुङमार्ग रहेको बताए ।

मुख्यमन्त्री पौडेलले सुरुङमार्गको डीपीआरको काम फागुनभित्र सकाउने बताए । उनले चैतमा सुरुङमार्गको बोलपत्र आह्वान गरिने बताउँदै नयाँ वर्षदेखि काम सुरु हुने विश्वास दिलाए ।

प्रदेशको स्थायी राजधानी टुंगो नलागकेका कारण समग्र विकासमा ढिलाइ भएकाले अब तीव्र गतिमा विकास निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०