Monday, 24th August, 2026
वि.स.

१ सय ३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज

gautam-1595588096.jpg

 काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्

यस्तै मन्त्रालयका अनुसार शुक्रबार थप १३३ जनामा कोरोना भाइरस ९कोभिड (१९० संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको हो । बुधबार १०० जना र बिहीबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०७ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १२ हजार ९४७ पुगेको छ।क्वारेन्टाइनमा रहनेको संख्या १९ हजार ४ सय ४४ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ३८३ जनाको उपचार भइराखेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif