Monday, 17th August, 2026
वि.स.

१६ साउनदेखि ३ दिन थाहानगरमै कर शिविर, व्यवसायीलाई सुनौलो अवसर

dgdgdgdgdg-1722320362.jpg

थाहा नगर उद्योग वाणिज्य संघले अघिल्ला वर्षहरुजस्तै थाहा नगरपालिका, आन्तरिक राजस्व कार्यालय हेटौंडा र घरेलु उद्योग कार्यालयसंगको सहकार्यमा  यस वर्ष १६ साउनदेखि १८ साउनसम्म तीन दिने संयुक्त कर शिविर सञ्चालन गर्ने भएको छ ।

आफ्ना सदस्य तथा उत्तरी मकवानपुरमा रहेका व्यवसायीहरुलाई प्रत्यक्ष लाभ पु¥याउने उद्देश्यले शिविरको आयोजना गर्न लागेको थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले बताए । ढकालका अनुसार शिविर थाहा नगर उद्योग वाणिज्य संघको  कार्यालय परिसरमा सञ्चालन गरिनेछ ।

शिविरमा आन्तरिक राजश्व कार्यालय हेटौंडा अन्तर्गतको कर भुक्तानी, मदिरा तथा चुरोट सुर्ती विक्रीका लागि अन्तःशुल्क, नयाँ व्यवसायिक पान नम्बर, अनुमानित आय तथा सामाजिक सुरक्षा कर भुक्तानीको व्यवस्था हुनेछ । यसैगरी, आन्तरिक राजश्व कार्यालयबाट पान नम्बर लिएका सबैले बायोमेट्रिक विवरण बुझाउनु अनिवार्य रहेको हुँदा सो सेवा समेत सिविरमा हुने भएको हो । गत आर्थिक वर्षसम्मको कर भुक्तानी गरिसकेका वा गरेर बायोमेट्रिक गर्न सकिनेछ ।

शिविरमा ५ लाख रुपियाँभन्दा बढीको पुजी रहने नयाँ व्यवसायिक फर्म दर्ता, थाहा नगरपालिकामा ५ लाखसम्मको नयाँ फर्म दर्ता र नवीकरणका लागि सेवा उपलब्ध हुने भएको छ । शिविरमा थाहानगर उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुलाई नवीकरणमा जरिवाना छुट समेतको व्यवस्था गरि नयाँ सदस्यता वितरणका लागि समेत सेवा दिइने छ ।

नयाँ व्यवसायीहरुले फर्म दर्ताका लागि नागरिकताको प्रतिलिपि ४ प्रति, पासपोर्ट साइजको फोटो ६ प्रति, भाडाको घरमा भए घरधनीसँगको भाडा रुपियाँसहितको सम्झौता पत्र र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, एकाध घरमा भए जग्गाधनी प्रमाणपुर्जासहित जग्गाधनीको मञ्जुरीनामा पत्र आवश्यक हुनेछ ।

शिविरमा थाहा नगरपालिकामा दर्ता नभएका व्यावसायीहरुले पनि थाहा नगर पालिकामा व्यवसाय दर्ता, नविकरण तथा व्यवसायको उद्देश्य थपघट गर्न सक्नेछन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif