Monday, 24th August, 2026
वि.स.

१५ गतेपछि लकडाउन खुकुलो होला त ?

locc-1587784720.jpg

कोभिड–१९ को महामारी विश्वमा कायम रहेसम्म नेपालले लकडाउन सहज बनाए पनि पहिलेजस्तै ‘पूर्ण स्वतन्त्र’ रूपमा काम गर्ने स्थिति नरहने विज्ञहरूले बताएका छन् । लामो समयसम्म लकडाउन जान नसक्ने अवस्थामा कोभिड–१९ संक्रमण रोकेर कसरी सुरक्षित रूपमा दैनिक काम गर्ने विषयमा छलफल सुरु भएको छ । त्यसको उपायको खोजी गर्न थालिएको छ ।

‘मुलुकमा लकडाउन कसरी खोल्ने, कुन मोडेलमा जाने, कसरी संक्रमणको स्तर न्यून राख्दै मुलुकलाई विस्तारै कार्य व्यवहारमा फर्काउनेबारे छलफल सुरु गरेका छौं,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक एवं जनस्वास्थ्यविद् महेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘लकडाउन पूर्ण तयारीसाथ खोल्नुपर्छ, त्यसमा पनि मुलुककै स्थान विशेषका लागि त्यहाँको स्थितिअनुसार फरक–फरक प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।’

वैशाख १५ गते लकडाउन सकिन लागेको अवस्थामा विज्ञहरूले संक्रमण न्यून गर्दै सुरक्षित विकल्पबारे छलफल सुरु गरेका हुन् । लकडाउनको एक महिनापछि राजधानीमा बिहीबारदेखि कोभिड–१९ का बिरामीविहीन बनेपछि अझ एक/दुई साता यहाँ कुनै केस नदेखिँदा भीडभाड नहुने गरी व्यक्तिगत दूरी कायम राखेर राजधानी केही खुकुलो गर्ने संकेत स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएका छन् । उनीहरूले संक्रमण नियन्त्रणको उपायअनुसार केही ‘नियन्त्रण’ सहित काम गर्ने सुझाव दिएका हुन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एडहेनोम घेबरेयेससले समेत भर्चुअल पत्रकार सम्मेलनमा ‘लकडाउन’ वा नियन्त्रण हटाउनुको अर्थ कुनै पनि देशमा महामारीको अन्त्य नभई यो दोस्रो चरणको सुरुवात मात्र रहेको बताएका छन् । उनले भनेका छन्, ‘दोस्रो चरणमा मुलुकहरूले आफ्नो नागरिकसँग कुराकानी गरेर उनीहरूलाई शिक्षित र सशक्त बनाउनुपर्छ, जसले गर्दा यो समस्या (भाइरसको संक्रमण) पुन: तीव्र गतिले उदय हुँदा जवाफी कारबाही गर्न सकियोस् ।’



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०