Saturday, 3rd October, 2026
वि.स.

१३ बर्षिय बालक तिन दिनदेखि बेपत्ता

सिन्धुली हतपते–६ भलवाहीका १३ बर्षिय अनिश अधिकारी ३ दिन देखि हराइरहेको परिवारले जनाएको छ । श्री सुर्योद्धय मावि रातोमाटेमा कक्षा ९ मा अध्ययनरत अनिष कार्तिक २९ गते बिद्यालय जानेक्रममा बेपत्ता भएका हुन् |

गोरोे वर्ण,अन्दाजी ५ फिट उचाई,मोटो शरिर भएका, अनिशलाई देख्नुहुने वा फेलापार्नु हुने जो कोहीले सिविन–नेपाल द्वारा सञ्चालित बाल हेल्पलाइन नेपालको पैसा नलाग्ने फोन नं. १०९८ (दश—नौ—आठ) मा सम्पर्क गर्नुहुन वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन हुन बाल हेल्पलाइन नेपाल मकवानपुरले अनुरोध गरेको छ ।