Wednesday, 26th August, 2026
वि.स.

१० लाखभन्दा बढी कोरोना संक्रमित निको

corona-1588312971.jpg

कोरोना भाइरस ९कोभिड(१९० बाट संक्रमित भएका १० लाखभन्दा धेरै मानिस निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १० लाख १४ हजार सात सय ६१ संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै जर्मनीमा एक लाख २३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

स्पेनमा पनि एक लाख १२ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । चीनमा अहिलेसम्म ७८ हजारभन्दा धेरै बिरामी निको भइसकेका छन् भने इटाली र इरानमा ७५ हजारभन्दा धेरै कोभिड(१९का बिरामी निको भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसका समग्र संक्रमितको संख्या पनि ३२ लाख ५७ हजार नाघिसकेको छ भने दुई लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनको वुहानमा निस्किएको कोरोना भाइरसको कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा १० लाख ६९ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

स्पेनमा संक्रमितको संख्या दुई लाख १३ हजारभन्दा धेरै पुगिसकेको छ भने २४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif