Wednesday, 26th August, 2026
वि.स.

०७२ को भुकम्पकोपछिको क्षति: थाहानगरमा प्राविधिक आउनु पहिले बनेका ५१ घर पहिचान

thahaaaaaaa-1570347105.jpg

मकवानपुर जिल्लामा २०७२ सालको भुकम्पका कारण क्षति भएका मध्ये प्राविधिक आउनु पुर्व बनेका थाहा नगरपालिकाका ५१ वटा निजि आवास पहिचान गरिएको छ ।

भुकम्पपछि जिल्लामा प्राविधिक आउनु पुर्व बनेका त्यस्ता निजि आवासको संख्या जिल्लाभर २ सय ३३ पहिचान भएका छन् । भुकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख बिमल किशोर केपीका अनुसार भुकम्पपछि लगतै स्थानीय तहमा प्राविधिक खटिनुरपुग्नु अगावै भुकम्प पीडित स्वयमले निर्माण गरेको निजि आवास जिल्लामा २ सय ३३ पहिचान भएका हुन् ।

मकवानपुरका १० स्थानीय तह मध्ये भीमफेदी र बागमती गाउँपालिकामा एउटा पनि निजि आवास बनेका छैनन् भने हेटौंडा उपमहानगरपालिकामा ३५ र थाहा नगरपालिकामा ५१ वटा निजि आवास बनेको पाईएको हो ।

त्यस्तै बकैया गाउँपालिकामा ४६, मकवानपुरगढीमा ३२, मनहरीमा ४१, कैलाशमा १३, राक्सिराङमा ८ र ईन्द्रसरोवर गाउँपालिकामा ७ गरि कुल २ सय ३३ निजि आवास निर्माण भएको पाईएको हो । केन्द्रिय आयोजना ईकाईले माग गरे अनुसार जिल्ला आयोजना कार्यान्वयन ईकाईले बिवरण पठाएको र यसका बारेमा केन्द्रले निर्णय गर्ने समेत केपीले जानकारी दिए ।

जिल्लामा पहिचान भएका ३ हजार ४ सय १६ पुनर्निर्माण लाभग्राही मध्ये हालसम्म २७ हजार ८ सय ३४ को अनुदान सम्झौता भएको छ । जस मध्ये १६ हजार ७ सय ७९ जनाले तेस्रो किस्ता प्राप्त छन् भने १४ हजार १ सय ३५ जनाले घर निर्माण सम्पन्न गरेका छन् ।

जिल्लामा अझै पनि ६ हजार ४ सय ८२ जनाको अनुदान सम्झौता हुन बाँकी रहेको प्रमुख केपीले जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif