Sunday, 23rd August, 2026
वि.स.

'होटल व्यवसायीले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउनु'-स्वास्थ्य मन्त्रालय

Swasthya-1597281764.jpg

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै खर्चमा पीसीआर अनिवार्य परीक्षण गराउन व्यवसायी तथा कर्मचारीहरुलाई आग्रह गरेको छ । 

पछिल्लो समय कोभिड १९ को संक्रमण बढेकोले विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग व्यवसायमा संलग्न हुने व्यक्तिले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने बुधबार सूचना जारी गरिएको हो ।

घनाबस्ती भएका जिल्लाहरुका विभिन्न सहरमा कोभिड १९ को संक्रमण बढिरहेकोले विभिन्न सपिङ मल, रेस्टुरेन्ट, होटल आदि उद्योग, व्यवसायमा संलग्न हुने व्यक्तिहरु धेरैको सम्पर्कमा आउने र जोखिम हुनेतर्फ मन्त्रालयले सचेत गराएको छ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०