Thursday, 27th August, 2026
वि.स.

हेटौंडा राइर्डस क्लबद्वारा पुष्कर शाह ट्रष्टलाई सहयोग

साइकल राइर्डसहरुको क्लबको रुपमा रहेको हेटौंडा राइर्डस क्लबले विश्व साइकल यात्री पुष्कर शाह ट्रष्टलाई आर्थिक सहयोग  गरेको छ । 
आज हेटौंडामा एक कार्यक्रमका बीच शाहलाई क्लबका अध्यक्ष विकास ताम्राकारले ३५ हजारको चेक हस्तान्तरण गरेका थिए । शाहको ट्रष्टबाट बहिरा विद्यार्थीहरुलाई पढाउदैं आएको पुष्कर शाहले बताए । गत श्रावणमा गरिएको हेटौंडा कोरा कार्यक्रमको बेला साइकल राइडर्सहरुबाट संकलित रकम प्रदान गरिएको क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । 


कार्यक्रममा बोल्दै विश्व साइकल यात्री शाहले विश्व साइकल सम्मेलन एसियाकै पहिलो पटक नेपालमा गर्ने तयारी रहेको बताए । नेपालमा नेतृत्व गर्ने संघसंस्था नभएकोले केहि समस्या भएको उनले बताए । अब चाडैं नेपाल साईकल महासंघ निर्माण गरि कार्यक्रमको तयारी गरिने उनले बताए ।  उनले हेटौंडा काठमाडौं र पोखरा पछि बढी साइकललिस्ट र राइर्डसहरु रहेको बताए ।  नेपालकै तेस्रो स्थानमा हेटौंडा रहेकोमा शुभकामना दिदैं देशभरका साईकलहरुका क्लब, संघ र सिटीहरुलाई एकबद्ध गराई छाता संगठनको रुपमा महासंघ निर्माण गरिने बताए । कार्यक्रममा हेटौंडा राइर्डस क्लबका संस्थापक अध्यक्ष दिपेन्द्रचन्द ठकुरी, क्लबका कार्यसमितिहरुको सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif