Sunday, 23rd August, 2026
वि.स.

भीमफेदी-कुलेखानी सडक बन्द

banda1-1601197124.jpg

संघीय राजधानी काठमाडौबाट बागमती प्रदेशको राजधानी हेटौंडा आवत जावत गर्ने छोटो बाटो कुलेखानी भीमफेदी पूर्ण रुपमा बन्द रहेको छ ।

तीन दिन देखिको लगातारको वर्षाका कारण भीमफेदीदेखि कुलेखानीसम्म ठाउँ–ठाउँमा गएको पहिरोको कारण बाटो पूर्ण रुपमा बन्द भएको साइड इन्जिनियर आन्तोन नेपालले जानकारी दिए ।

नेपालीहरुको माहान चाड दशैं नजिकिदै गर्दा यो बाटोमा यातायातको चाप बढ्ने क्रम जारी छ । फेरी अस्तिको जस्तो दुःखद घटना नघटोस यात्रा गर्न सहज होस भनेर पुरै यातायात बन्द गरेर इन्जिनियरिङ नियम अनुसार बाटोमा खसेको पहिरो पन्छाउन लागिरहेको नेपालले बताए ।

शनिबारसम्म एकतर्फी यातायात सन्चालन गरेर पहिरो पन्छाउने काम भएको थियो । यसो गर्दा झन बढी जोखिम देखिएकोले बाटो नै बन्द गर्नुपरेको सडक निर्माणमा जुटिरहेको मोतिदान कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर एसके ज्वाला कार्कीले जानकारी दिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif