Sunday, 23rd August, 2026
वि.स.

हेटौंडा उपमहानगरपालिकाको जिससद्धारा अनुगमन

hetauda-1602747982.jpg

जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरको नियमित अनुगमनका क्रममा बुधवार जिल्लाको हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिककको अनुगमनका क्रममा आज हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरिएको हो ।

जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको नेतृत्वमा यस अघि जिल्लाको बागमती, बकैया र भीमफेदी गाउँपालिकाको अनुगमन पश्चात बुधवार हेटौंडा उपमहानगरपालिकाको अनुगमन गरिएको हो । 

अनुगमनका क्रममा स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम तोकिएको समय सिमा भित्र योजना तर्जुमाका सात चरणहरु पार गरी समयमै योजना तथा कार्यक्रमहरु तय गर्ने कार्यलाई अझ व्यवस्थित बनाउन प्रमुख खुलालले सुझाव दिए । उनले प्राकृतिक स्रोतको व्यवसिथत उपयोगमा ध्यान दिन, करको दर भन्दा पनि दायारा बढाउने र आय पक्षलाई बलियो र भरपर्दो बनाउने तर्फ उचित कदम चाल्न समेत सुझाव दिए। यस्तै जिसस उपप्रमुख भगवती पुडासैनीले लैङ्कि मैत्री बजेट कार्यान्वयनमा जोड दिन सझाव दिइन् ।

कार्यक्रममा उपमहानगरपालिकाका तर्फबाट चालु आर्थिक वर्षमा हालसम्म भएका उपलब्धीहरुका विषययमा सुचना शाखा प्रमुख भानुभक्त थपलियाले प्रस्तुती गरेका थिए । छलफलमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, प्रमुख कार्यकारी अधिकृत, जिल्ला समन्वय अधिकारी आनन्दराज पोख्रेल, सदस्य देवराज रिमाललगायत विभिन्न वडाका वडाअध्यक्षहरुको सहभागिता थियो 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif