Monday, 18th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

c1-1621760792.jpg

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन आजबाट सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाले अस्पतालमा अक्सिजन प्लानट निर्माण गरेर आज मेयर हरि बहादुर महतले उद्घाटन् गरेसंगै उत्पादन पनि सुरु भएको हो ।

अस्पतालमा एक साता अघि देखि अक्सिजनको अभाबका कारण कोरोना भाइरस संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछी उपमहानगरपालिकाले प्लान्ट स्थापना गर्दै आजबाट उत्पादन सुरु गरेको हो । कोरोनाका कारण गम्भिर बिरामी भएर अस्पतालमा उपचार गराइरहेका बिरामीका लागि अक्सिजन दिनकै लागि समस्या भएपछी तत्काल प्लान्ट स्थापना गरेर उत्पादन सुरु गरिएको मेयर महतले बताए ।

काठमाडौं लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो । हेटौंडाका व्यावसायी दिपक खनालले भारतबाट ल्याएको अक्सिजन प्लान्ट काठमाण्डौ लैजान लागिएपनि उपमहानगरपालिकाले खरिद गर्नेभनेपछी हेटौंडा अस्पतालमा जडान गरिएको हो । अक्सिजन प्लान्ट ल्याउने व्यावसायीको खरिद मुल्य ३८ लाख रुपैयाँ उपमहानगरपालिकाले दिने भएपछी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको मेयर महतले बताए ।

अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ शिलीण्डर अक्सिजन उत्पादन गर्ने छ । आजैबाट उत्पादन सुरु भएको छ । अक्सिजनको हाहाकार भएको समयमा यसले पनि धेरै राहत प्रदान गर्ने उनले बताए ।
अक्सिजन नपाएरै अस्पतालमा उपचाररत बिरामीहरु मृत्युहुन सक्ने भएपछी हतार हतारमा प्लान्ट जडान गरिएको र उत्पादन सुरु गरिएको हो । अक्सिजन प्लान्ट जडान गर्नका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाण्डौबाट आएका प्राबिधिकले दिनरात नभनीकन काम गरेपछी अस्पतालमा प्लान्ट ल्याएको दुइदिनमानै उत्पादन सुरु गर्न सफल भएको मेयर महतले बताए ।

अहिले हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमणका बिरामीको उपचार भइरहेको छ । सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईले बताए ।

उपमहानगरपालिकाको बिशेष पहलमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको उनले बताए । यसअघि अक्सिजनको हाहाकार हुँदा सबैको सहयोगबाट शिलीण्डर आएको समेत उनले बताए । अस्पतालमा सधैका लागि अक्सिजन प्लान्ट स्थापना भएपछी धेरै सहज समेत भएको छ । अरुबेलामा पनि बिरामीलाई अक्सिजन खरिद गर्नुपर्ने बाध्यता केही कम भएको छ । उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट अक्सिजन ढुवानी गर्ने काम दिनहुँ गर्दै आएको छ । हेटौंडाको गौरीटारमा आइसोलेसन र गोरक्षश्वरमा स्वाब संकलनको काम गर्दै आएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०