Monday, 24th August, 2026
वि.स.

हेटौंडा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ६६ जनाको कोरोना परिक्षण

hetauda-hospital-1590217971.jpg

कोरोना भाइरस ९कोभिड १९० को संक्रमण फैलीएको समयमा हेटौंडा अस्पतालका डाक्टर, नर्ष, अनमी, अहेव, ल्यावका प्राविधिक, कर्मचारी सहित ६६ जनाको कोरोना भाइरसक परिक्षणका लागि स्वाव संकलन गरिएको छ ।

कोरोना देखिएपछी दैनिक २ सय भन्दा वढी विरामीको उपचार गर्दै आएका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए ।  हेटौँडा अस्पतालबाट ६ दिन अगाडी रिफर भएकी बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको  बैठकले अस्पतालमा ति बिरामीसँग नियमित सम्पर्कमा रहेको करिब २० जना डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने  हेटौँडा अस्पताल कोरोना युनिटका प्रमुख डाक्टर हरि खड्काले वताए ।

अस्पतालले अहिलेसम्म १ सय ५० कर्मचारी मध्ये ६६ जनाको स्वाब कलेक्सन गरेर टेष्ट गर्नको लागि पठाईसकेको र बाँकीकोअ आजै स्वाब परिक्षणको लागि पठाउने डाक्टर खड्काले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०