Tuesday, 25th August, 2026
वि.स.

हेटौंडामा दुईदिने अभिमुखिकरण कार्यक्रम

samia-1583831535.jpg

सुरक्षित आप्रवासन परियोजना सामीको कर्मचारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम हेटौंडामा भएको छ ।

नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबिच भएको द्धिपक्षीय सम्झौताअनुसार एकीकृत ग्रामिण सेवा विकास, हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो । हेल्भेट्स नेपालको प्राविधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरी गाउँपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔं भन्ने मुल नाराका साथ यो परियोजना १६ डिसेम्बर २०१८ देखि १५ जुलाई २०२२ सम्म संचालन गरिएको हो । कर्मचारीको दायित्व र आपसमा कसरी समन्वय गरेर अगाडी बढ्ने भन्ने विषयमा जानकारी दिने उद्धेश्यले २२ जनालाई अभिमुखिकरण दिईएको हो ।

देशका ३९ जिल्लाका १ सय ५६ वटा स्थानिय तहको प्रमुखको अध्यक्षतामा आप्रवासी स्रोत केन्द्र र स्थानिय सरकार परियोजना व्यवस्थापन समिति समेत रहने व्यवस्था गरिएको छ ।

त्यसैगरी, प्रदेश तहमा सामाजिक विकास मन्त्रालयको सचिवको अध्यक्षतामा परियोजना समन्वय समिति र संघीय तहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवको अध्यक्षतामा परियोजना निर्देशक समिति रहने छ । एकीकृत ग्रामीण विकास सेवा, हेटौंडाकी अध्यक्ष सिता विष्ट बानियाँको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामी परियोजना कार्यक्रम अधिकृत उमा पौडेल, सामी परियोजना प्रदेश संयोजक तरुण अधिकारी, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास साखा प्रमुख भिम प्रसाद तिमल्सिना, वित्तिय साक्षरता संयोजक प्रविना आचार्य, आप्रवासी स्रोत केन्द्र अधिकृत अम्बिका दाहाल, मनोसामाजिक परामर्श कार्यक्रम अधिकृत विष्णु कुमारी, सामी परियोजना मकवानपुरको कार्यक्रम संयोजक अन्जिता थापा मगर, एकीकृत ग्रामीण विकास सेवाका सचिव मीन पौडेलको उपस्थिति थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif