Monday, 24th August, 2026
वि.स.

हेटौंडाबाट कोरोनाको परिक्षण सुरु, आजै दुईजनाको परिक्षण

corona-lab-1585902043.jpg

हेटौंडामा कोरोना भाइरस रोग ९कोभिड–१९० संक्रमण परीक्षण सुरु भएको छ । २१ चैतमा कोरोना भाइरसको संका लागेका दुईजना विरामीको परीक्षण गरिएको हो । हेटौंडाको कर्रामा सञ्चालन गरिएको आइसोलेसनमा राखिएका दुईजना विरामीको स्वाब परिक्षण गरिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए। बागमती प्रदेशको राजधानी हेटौंडाबाट आज पहिलो पटक कोरोनाको संका लागेका विरामीको स्वाब परिक्षण सुरु गरिएको हो ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा आजबाट कोरोना परीक्षण गर्न सुरु गरिएको लागिएको श्रेष्ठले वताए । आज बाट सुरु गरिएको ल्यावमा अस्पताल, क्वारेन्टाइन तथा आइसोलेसनबाट दुइजनाको मात्र नमुना स्वाब आइसकेको श्रेष्ठले वताए । उक्त ल्याब सञ्चालन गर्न संघीय स्वास्थ्य मन्त्रालयको टोली हेटौंडा आएर अध्ययन गरेको थियो।

ल्याबमा एकपटकमा ६० वटा नमुना परीक्षण गर्न सकिन्छ। परीक्षण थालिएको साढे दुई घण्टाजतिमा नतिजा प्राप्त हुन्छ । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतीश विष्टका अनुसार एकपटक परीक्षण गर्दा करिब १३ हजार रुपैयाँ लागत पर्छ। मन्त्रालयसँग करिब पाँच सय नमुना परीक्षण गर्न पुग्ने केमिकल छ। यसअघि विज्ञको अभावमा उक्त ल्याब प्रयोगमा आउन सकेको थिएन।

२०७१ सालमा दाताको सहयोगमा स्थापित ल्याबमा अहिले टेक्निसियन निरीक्षक र असिस्टेन्ट गरी दुई जना मात्र प्राविधिक कर्मचारी छन्। ‘यो ल्याब नियमित सञ्चालन गर्ने हो भने हेटौंडामा भाइरस, ब्याक्टेरिया र प्यारासाइटको अध्ययन गरी उपचार सहज बनाउन सकिनेछ’, सामाजिक मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा। पुरुषोत्तम सेढाईंले भने ।

२०३५ सालमा स्थापित उक्त केन्द्रमा २१ जनाको दरबन्दी रहेकोमा प्राविधिकसहित १६ जना कार्यरत छन्। कार्यालयप्रमुख डा। यदुचन्द्र घिमिरे दुई साताअघि सरुवा भएपछि केन्द्र प्रमुखविहीन बनेको छ। इकान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०