Wednesday, 26th August, 2026
वि.स.

हेटौंडाकी कार्यपालिका सदस्यको क्यान्सरबाट मृत्यु

RRuuppaa-1569723839.jpg

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य रुपा खुलालको क्यान्सरका कारण मृत्यु भएको छ।

हेटौंडा-१३ बाट महिला सदस्यको कोटामा नेकपाबाट जितेकी खुलाल लामो समयदेखि भरतपुरस्थित बिपी क्यान्सर अस्पतालमा उपचाररत रहेकी थिइन्। स्तन क्यान्सरपीडित खुलालको दुवै स्तन शल्यक्रियाबाट काटिएको थियो। तर, टाउकोमा समेत क्यान्सर सरेकोले खुलाले ३९ वर्षको उमेरमा मृत्यु भएको हो। तत्कालीन नेकपा एमालेका नगर इलाका कमिटीकी उपसचिव भएर राजनीतिमा सक्रिय रहेकी खुलालको उपचारमा हेटौँडामा आर्थिक सहयोगको लागि रकम संकलन  गर्ने अभियानसमेत चलेको थियो।  

उनको  दिल्लीस्थित राजीव गान्धी अस्पताल पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिएका थिए तर खर्चको अभावमा उनको बाँकी उपचार गर्न हेटौँडा उपमहानगरपालिकाले ५ लाख सहयोग गरेको थियो भने अन्य संघ/संस्था तथा व्यक्तिबाट पनि आर्थिक सहयोग संकलन भएको थियो। 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif