Thursday, 27th August, 2026
वि.स.

हेटौँडा-फाखेल र सिस्नेरी -काठमाडौं सडकमा जोर विजोर प्रणाली लागू

67661037_1363616667125947-1565244675.jpg

काठमाडौं जोड्ने छोटो दुरीको फाखेल र सिस्नेरी सडकमा जोर विजोर प्रणालीमा टाटासुमो संचालन भएको छ । फाखेल र सिस्नेरीका दुबै सडक साँघुरो भएका कारण जोर बिजोर प्रणाली लागू गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्टराईले बताए ।

बर्षायाममा बाढी, पहिरोका कारण यस क्षत्रको जोर बिजोर प्रणाली लागू हुन सकेको थिएन । तर, अहिले फाखेल र सिस्नेरी दुबै सडक सञ्चालनमा आएपछी फेरी जोर बिजोर प्रणाली लागू गरिएको उनले बताए। त्यस्तै, भीमफेदी–कुलेखानी सडक रुट प्रयोग गरी इन्द्रसरोबर गाउँपालिकाका ग्रामिण भेगमा कृषि उत्पादन, दैनिक उपभोक्ता बस्तु तथा निर्माण सामग्री ढुवानी गर्न गाउँपालिकाका मिनि ट्रक संचालन गर्न पाउने, गर्मीयाममा विहान ५ बजे अगाडि र बेलुकी ८ बजे पछाडि र जाडो याममा विहान ६ बजे अगाडि र बेलुका ७ बजे पछाडि मात्रै भीमफेदी कुलेखानी रुटमा ६ टन भन्दा कम भार वहन क्षमताको मिनि ट्रक प्रयोग गरी ढुवानी गर्ने निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif