Monday, 24th August, 2026
वि.स.

हेटौँडा अस्पतालका ५ जना डाक्टर सहित २२ जना आइसोलेसनमा

htd-hospital-1590219389.jpg

हेटौँडा अस्पतालबाट गत बैशाख ४ मा रिफर गरिएकी बिरामीमा कोरोना पुष्टि भएपछि हेटौँडा अस्पतालका ५ जना डाक्टर सहित २२ जना अन्य कर्मचारीहरुलाई एकहप्ता आइसोलेसनमा राख्ने निर्णय भएको छ ।  अस्पतालमा शनिबार बसेको आकस्मिक बैठकले संक्रमित महिलासँग प्रतक्ष सम्पर्क राखेका ५ जना डाक्टर तथा १७ जना पारामेडिक्सलाई एकहप्ता आइसोलेसनमा राख्ने निर्णय भएको हेटौँडा अस्पताल कोरोना यूनिटका प्रमुख डाक्टर हरिबहादुर खड्काले बताए ।

 हामीले प्रत्यक्ष सम्पर्कमा आएका पाँच जना डाक्टरसाप सहित २२ जनाको पहिचान गरेर उनिहरुलाई एकहप्ता आइसोलेसनमा राख्ने ओपीडि बन्द गर्ने प्रस्ताव पनि गरेका छौ डाक्टर खड्काले भने।
 
अहिले अस्पतालमा रहेका १ सय ५० जना कर्मचारी मध्ये ६६ जनाको स्वाब संकलन गरि परिक्षणको लागि प्रयोगशाला पठाईसकिएको र बाँकीको पनि आजै संकलन गरिने छ ।अहिले हेटौडा अस्पतालका डाक्टर तथा नर्स क्वारेनटाइनमा बस्ने तयारी गरीरहेका छन् ।

हेटौंडाकी संक्रमित महिलालाई हेटौंडाबाट सात दिनअघि महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको थियो ।  सामाजिक विकास मन्त्रालयमा छलफलपछि संक्रमित महिलासंग सम्पर्कमा आएका नर्स, डाक्टर तथा अन्य व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको छ । उनी ६ दिनअगाडी हेटौंडा अस्पतालमा मुटुको समस्या कारण उपचारको लागि भर्ना भएकि थिईन्। मनमोहनमा उपचार गराईरहेकी महिलाको शुक्रबार स्वास्थ्य मन्त्रालयले कोरोना पुष्टि भएको जानकारी दिएको थियो । स्वास प्रस्वासमा समेत समस्या आएका कारण उनलाई काठमाडौंमा रिफर गरिएको थियो । उनलाई उपचार गर्ने डाक्टर, सँम्पर्कमा रहेका व्यक्ति, घर परिवारको समेत पीसीआर गर्ने तयारी थालिएको छ ।


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०