Saturday, 22nd August, 2026
वि.स.

हेटौँडाबाट हराएको मोटरसाइकल प्रहरीले फेलापारी सम्बन्धित धनिलाईृ बुझायो

bike-1602308679.jpg

 हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ पिप्लेबाट हराएको मोटरसाइकल भेटिएको छ।

असोज १४ गते बिहान हेटौँडा-५ पिप्ले स्थित बानियाँ निर्माण सेवा प्रालिको कार्यालय अगाडी पार्किङ गरेर  राखेको अश्विनी कुमार आचार्यको नाममा रहेको ना ६४ प ७५५७ नम्बरको मोटरसाईकल  हेटौँडा-१३ सिग्रेनीको जंगल वेवारिसे अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक  देवराज काफ्लेले बताएका छन्।

फेलापरेको मोटरसाइकल कार्यालयले शुक्रबार सम्बन्धीत धनिको जिम्मा लगाएको छ।मोटरसाइकल  चोरीमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ। 


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif