Tuesday, 25th August, 2026
वि.स.

हेटौँडाको जेनिथ स्कुलको बसमा मध्येरातमा आगजनी

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ मा रहेको जेनिथ इन्टरनेशनल स्कूलको दुईबटा बसमा आगजनि भएको छ । 

स्कुलको कम्पाण्डभित्र रहेको बसमा अज्ञात समुहले आगजनी गरेपछि दुबै बसमा क्षति पुगेको छ । ना७ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी तथा हेटौँडा उपमहानगरपालिकाको दमकलको प्रयोग गरि आगो नियन्त्रणमा लिईएको छ । आगलागीको कारण पत्ता लगाउने कार्य भैरहेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif