Thursday, 27th August, 2026
वि.स.

हावाहुरीले चित्लाङमा तरकारी खेतीका टनेल उडायो [हेर्नुहोस फोटो फिचर]

हावाहुरीले मकवानपुरको थाहा नगरपालिकाको पूर्वी क्षेत्रका किसानहरुलाई नोक्सान पुर्याएको छ । १४ जेठ विहान ५ बजे र मध्याह्न १२ बजेतिर आएको हावाहुरीले खेतबारीमा बनाइएको टनेल उडाएपछि किसानहरु चिन्तित भएका छन् ।

थाहा १० बिसिङ्खेलका अगुवा कृषक उद्दव लामिछानेका अनुसार करिव ८० देखि ९० प्रतिशत टनेलमा क्षति पुगेको छ । क्षतिको यकिन विवरण थाहा नभए पनि बाँसबाट निर्मित प्राय: टनेल पूर्ण रुपमा क्षति भएको छ ।

यस अघि बैशाखमा परेको असिनाले पनि सो क्षेत्रका तरकारी बालीमा आंशिक क्षति पुगेको थियो ।

फोटोहरू सामाजिक संजालबाटः

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif