Wednesday, 26th August, 2026
वि.स.

हात्तीगौंडामा घुम्ती स्वास्थ्य क्लिनिक 

हेटौंडा उपमहानगरपालिका १२, हात्तीगौंडामा शनिबार घुम्ती स्वास्थ्य क्लिनिक आयोजना गरिएको छ । युनिलिभर नेपालसँगको साझेदारीमा युवा सेवा समाज(युसेस) मकवानपुरद्वारा आयोजित शिविरमा स्थानीय ८६ जनाले सेवा प्राप्त गरेका छन् ।

टोल विकास संस्था नगर समन्वय समितिको ब्यवस्थापनमा भएको कार्यक्रममा दाँत सम्बन्धि उपचारको साथैै महिलाहरुको पाठेघर परिक्षण गरिएको थियोे । शिविरमा स्थानीय २३ जना महिलाले पाठेघर परिक्षण गराएका थिए । 

हेटौंडा १२ का वडा अध्यक्ष ललित घलानको विशेष उपस्थितिमा सञ्चालित शिविरमा हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्की, युनिलिभर नेपाल लिमिटेडका मानवीय संसाधन शाखाका अधिकृत पौरख जोशी, युसेसका अध्यक्ष बुद्धशरण लामा लगायतको उपस्थिति रहेको थियो ।

शिविरमा डा. सुषमा हुज्दार, डा. आरिस करिम लगायतले सेवा प्रदान गरेका थिए । युसेसले लामो समयदेखी महिला प्रजनन् स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif