Monday, 24th August, 2026
वि.स.

स्थानीय तहले आफैं किने भीटीएम किट

VTM-1590054091.jpg

कपिलवस्तुका स्थानीय तहले आफैं कोरोनाको पीसीआर जाँच्ने भीटीएम किट खरिद गरेका छन् । उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलनसमेत आफैं सुरु गरेका छन् । संघीय र प्रदेश सरकारसँग क्वारेन्टाइनमा भएकाहरुको कोरोना जाँचका लागि पटक-पटक माग गर्दासमेत किट अभाव देखाएर पन्छिएपछि कपिलवस्तुका स्थानीय तहले आफैं किट खरिद गरेका हुन् ।

जिल्लाका विभन्न १८८ क्वारेन्टाइनमा बसेका ७ हजार ५ सय ४७ जनाको परीक्षणका लागि ढिलो हुने भएपछि स्थानीय तह आफै‌ं तात्तिएका हुन् । कपिलवस्तुका कपिलवस्तु नगरपालिका र शिवराज नगरपालिकाले एक/एक हजार थान भीटीएम किट किनिसकेका छन् । कार्यपालिका बैठकबाट बजेट छुट्याएर डब्लुएचओले प्रमाणित गरेको किट खरिद गरिएको नगरपालिकाहरुले जानकारी दिएको छ ।

जिल्लाका अन्य पालिकाले समेत किट किन्ने तयारी अघि बढाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । समयमै जाँच नगरिए क्वारेन्टाइनमै संक्रमण फैलने डरले यहाँका स्थानीय तहहरु आफंै किट खरिद गर्न तात्तिएका हुन् । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले भ्याट सहित ३९० रुपैयाँ पर्ने भीटीएम किट खरिद गरी सयजनाको स्वाबसमेत संकलन गरिएको बताए । 

केन्द्र र प्रदेश सरकारले कपिलवस्तुका क्वारेन्टाइनमा रहेका ७ हजार ५ सय जनाको जीवनसँग खेलवाड गरेको मानवअधिकारकर्मीहरुको आरोप छ । स्थानीय तहमा स्रोत अभाव भएपछि क्वारेन्टाइन व्यवस्थापनमा समस्या सिर्जना भएको छ । ७ दिन क्वारेन्टाइन राखेर जाँच पछि घर पठाउनुपर्नेहरुलाई २० दिनसम्म राख्दा व्ययभार बढेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०