Monday, 24th August, 2026
वि.स.

स्कार्पियोको ठक्करबाट दुई जनाको मृत्यु, ३ घाइते

death-body-photo-1595750608.jpg

दाङमा स्कार्पियोको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा राप्ती गाउँपालिका–८ पिपरीका ८ वर्षीय निसान चौधरीको बुटवलमा र ५० वर्षीय राजकुमार चौधरी रहेका छन् ।

शनिबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा २० च ५७४४ नम्बरको स्कार्पियोले ठक्कर दिँदा घाइते भएका पाँच जना घाइते भएका थिए । घाइतेमध्ये दुई जनाको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

अन्य घाइतेहरुमा सोही ठाउँकै ७ वर्षीया सृष्टि गुरूङ, २ वर्षीया लक्ष्मी चौधरी र उनकी २२ वर्षीया आमा गौरी चौधरी रहेका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको छ ।

उक्त स्कार्पियो चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif