Wednesday, 19th August, 2026
वि.स.

सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

gold1-1619764679.jpg

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ तोला ओरालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ४५० रुपैयाँ कायम भएको छ।

बिहीबार भने सुनको भाउ तोलामा ३०० रुपैयाँले उकालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ तोलामै १ हजार ८०० रुपैयाँले घटेको छ। गत साता शुक्रबार प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामै २० रुपैयाँ घटेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामै १० रुपैयाँ १० रुपैयाँ बढेर चाँदी १ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ। गत साता शुक्रबार चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif