Monday, 24th August, 2026
वि.स.

सुनको भाउ एकैदिन १२ सय रुपैयाँले बढ्यो

gold-1595830489.jpg

सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै आएकामा आज पनि त्यही क्रमलाई निरन्तरता दिएको छ । 

एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो । 

गएको शुक्रबार सुनको भाउ तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो भइरहेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif