Monday, 24th August, 2026
वि.स.

सुनको भाउ अहिलेसम्मकै महँगो

gold-1593338889.jpg

कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनको मूल्य स्थानीय बजारमा आइतबार अप्रत्याशित रुपमा बढेको छ ।

आइतबार बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ भने त्यही परिमाणको तेजाबी सुनको मूल्य ९० हजार आठ सय ६० निर्धारण गरिएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार एक सय रुपैयाँ कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो हप्ताको तुलनामा चाँदीको मूल्यमा पाँच रुपैयाँले वृद्धि भएको छ । एक तोला चाँदीको मूल्य नौ सय ४५ रुपैयाँ तोकिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न लकडाउन लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार चार सयले बढेर ८७ हजार रुपैयाँ पुगेको थियो 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif