Monday, 24th August, 2026
वि.स.

सुनको भाउले बनायो नयाँ रेकर्ड

gold-1595572847.jpg

सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ ।

आज शुक्रबार सुनको मुल्य तोलामा १३ सय रुपैयाँले बढेर हालसम्मकै नयाँ विन्दुमा पुगेको हो । आज सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर नयाँ रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि हिजो बिहिबार सुनको उच्च विन्दु प्रतितोला ९४ हजार ५ सय रुपैयाँ रहेको थियो । बिहिबार सुन प्रतितोला ५ सय रुपैयाले वृद्धि भएको थियो । बुधबार पनि प्रतितोला १३ सय रुपैया नै बढेको हो । यसरी हेर्दा पछिल्लो तीन दिनमा ३१ सय रुपैयाँले मूल्य वृद्धि भएको छ ।

आजका लागि तेजावी सुनको मुल्य रु ९५ हजार ३६५ रुपैयाँ तोकिएको छ । आज  चाँदीको मुल्य प्रतितोला ११ सय ५० रहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif