Monday, 24th August, 2026
वि.स.

सुनको भाउमा नयाँ रेकर्ड,हालसम्मकै उच्च

gahana-1595409242.jpg

 नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । चाँदीको मूल्य पनि बढ्दो क्रममा देखिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामै १३ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकिएको छ । यस्तै अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ प्रतितोलामा चाँदीको मूल्य कायम भएको महासंघले जनाएको छ ।

सुनको मूल्यले अहिलेसम्मकै उच्च भाउको नयाँ कीर्तिमान बनँको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

चाँदीको मूल्यवृद्धि भने पहिले १४ सय ५० रुपैयाँसम्म पुगेको उनको भनाई थियो । कोारेनाका कारण प्रभावित विश्व अर्थतन्त्रका कारण सुनको भाउ अझै केहीसमय बढ्दो क्रममा हुने उनले बताए ।

अफसिजनका कारण सुनको कारकोबार नरहेको र बढ्दो मूल्यले गर्दा उपभोक्ता सुन बजारबाट तर्सिने अवस्था बनेको महासचिव बज्राचार्यले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif