Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सिस्नेरीमा धनबहादुर भोम्जन मृत भेटिए

death-1625060853.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा एक पुरुषको शव फेला परेको छ ।

गाउँपालिकाको वडा नंबर ३ को छुरीगाउँका स्थानीय धनबहादुर भोम्जन (सागर) आफ्नो घरबाट एक किलोमिटर पूर्वमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

प्रहरीलाई स्थानीयले दिएको जानकारी अनुसार सागरले पछिल्लो समय बढी मादक पदार्थको सेवन गर्ने गरेका थिए । घटनाको थप अनुसन्धान भरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।