Sunday, 23rd August, 2026
वि.स.

सिन्धुपाल्चोक : ३७ घर पहिरोले बगायो, ३६ जना सम्पर्कविहिन, दुईको शव भेटियो

jugal-gaupalika-1597387911.jpg

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा पहिरोले ३७ घर बगाउँदा ३६ जना सम्पर्कविहीन भएका छन् ।

 दुई जनाको शव भेटिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। उनकाअनुसार ५ जनालाई भने उद्धार गरेर उपचारको लागि सदरमुकाम चौतारा पुर्याइएको छ ।

अहिले उद्धार र खोजीको काम चलिरहेको उनले बताए । प्रभावित क्षेत्रमा सभामुख अग्नि सापकोटासहितको टोली पनि पुगेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट पनि प्रहरीको टोली घटनास्थल गइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०