Monday, 24th August, 2026
वि.स.

सिन्धुपाल्चोकको लिदीमा मुख्यमन्त्री पौडेलको टोलीे

dor,ani-1597472836.jpg

पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री सहित बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा पुगेका छन् ।

शनिबार बिहान हेटौंडाबाट मुख्यमन्त्रीको टोली हेलिकप्टर मार्फत पहिरो प्रभावित क्षेत्र सिन्धुपाल्चोककोको लिदिमा पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्री सहित पुगेको हो ।

मुख्यमन्त्रीका प्रेस सल्लाहाकार प्रकाश दाहालका अनुसार टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पुर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा बिकास समिति शरेस नेपाल, प्रदेशका प्रमुख सचीव मानबहादुर बीके, बागमती प्रदेश प्रहरी प्रमुख डिआईजी वसन्त लामा रहेका छन् ।

शुक्रबार बिहान लिदीमा गएको पहिरोमा बेपत्ता भएका ११ जनाको शव भेटिएको छ। पहिरोले ३७ घर पुरेको थियो। अझै २७ जना बेपत्ता छन्। उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पहिरो निरिक्षणका लागि शुक्रवार बिहान सभामुख अग्नी प्रसाद सापकोटा लिदी पुगेका थिए। त्यस्तै दिउँसो गृहमन्त्री रामबहादुर थापा बादल पनि राहत लिएर पहिरो ग्रस्त क्षेत्रमा पुगेका थिए।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०