Saturday, 22nd August, 2026
वि.स.

सिन्धुपाल्चोकका माधवपक्षीय भनिएका नेताहरुको एउटै स्वर– पार्टी विभाजनको पक्षमा लाग्दैनौं, हामी एमालेमै छौं

नेकपा एमालेको माधव नेपालपक्षीय भनेर चिनिएका सिन्धुपाल्चोकका नेताहरुले पार्टी विभाजनको पक्षमा नलाग्ने भन्दै आफूहरु एमालेमै रहेको बताएका छन् ।

नेताहरु अमृतकुमार बोहोरा, अरुण नेपालसँगै जिल्ला अध्यक्ष झम्क नेपाल र स्थानीय तहमा एमालेबाट जितेका जनप्रतिनिधिसहितको बैठकले पार्टी विभाजनको पक्षमा नलाग्ने निष्कर्ष निकालेको हो ।

‘पार्टीभित्र अन्तरसंघर्ष हुनु स्वभाविक हो, तर हामी पार्टी विभाजनको पक्षमा छैनौं’ एमाले नेता एवम् वागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले भने, ‘हामी सधैं एकताकै पक्षमा थियौं, छौं ।’

जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्नेदेखि जिल्ला तहका नेता र सबै जनप्रतिनिधि एकै ठाउँमा रहेको बैठकमा सहभागी बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।

सिन्धुपाल्चोकलाई माधव नेपालको गढ मानिँदै आएको थियो । एमालेबाट चुनाव जितेका एमालेका सबै जनप्रतिनिधिले आफूहरु एमालेमै रहेको बताइसकेका छन् ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif