Monday, 24th August, 2026
वि.स.

सार्वजनिक बाटो बन्द नगर्न गृह मन्त्रालयको आग्रह

home-ministry-1587822376.jpg

गृह मन्त्रालयले लकडाउन पालना गराउने भन्दै बाटो तथा पुल बन्द नगर्न आग्रह गरेको छ। जारी लकडाउनमा सर्वसाधारणलाई घरबाहिर ननिस्कनु भनेर सरकारले भनेको बेला त्यह मौका छोपी स्थानीयले टोल टोलमा बाटो बन्द गर्न थालेपछि गृहले यस्तो आग्रह गरेको हो।

गृह मन्त्रालयले सार्वजनिक बाटो बन्द गर्न नमिल्दै भन्दै कसैले बाटो बन्द गरेको भए खोल्न भनेको छ। गृह मन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले बाटो बन्द गर्न नपाइने र कसैले सार्वजनिक बाटो बन्द गरेको भए खोल्न आग्रह गर्नुभएको छ।

लकडाउनको कारण अहिले अत्यावश्यक सवारी बाहेक अन्यलाई रोक लगाइएको छ। यसरी बाटो बन्द गर्दा विरामी बोकेका एम्बुलेन्स, दमकल लगायत अन्य आत्यआवश्यक सवारीलाई पनि समस्या हुने, पन्छाएर हिँड्दा समय खर्च हुने गरेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०