nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सामाजिक सद्भावका लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता

थाहा नगरपालिकाको वडा नम्बर ६ मा क्रियाशील दम्की युवा समूहको आयोजनामा २२ मंसीरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा विवाहित टिम प्रथम भएको छ । ‘सामाजिक सद्भाव, विकासमा युवा’ भन्ने नाराको साथ साथ स्थानीयस्तरी रनिङ शिल्ड भलिबलमा युवा टिम ‘बी’ द्वितीय भएको छ ।

दम्की युवा समूहका अध्यक्ष सानोबाबु मोक्तानको संयोजकत्वमा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी युवा टीम ‘बी’का सिद्धान्त गोले घोषित भए भने उदयमान खेलाडी विवाहित टिमका साजन लामा र अनुशासित खेलाडी पनि विवाहित टिमकै रामकुमार लामा घोषित भए । विजयी खेलाडीहरुलाई शिल्ड मेडल तथा प्रमाणपत्र वितरण पुरस्कार वितरण समारोहका प्रमुख अतिथी हरेराम कार्कीले गरेका थिए । 

दम्की युवा समूहको आयोजनामा वर्षेनी संचालन हुने प्रतियोगितामा यस वर्ष वयस्क टिम, युवा समूह ‘ए’, युवा समूह ‘बी’, बाल समूह र विवाहित टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको पहिलो पुरस्कार प्रयास पोल्ट्री फर्मले प्रायोजन गरेको थियो भने दोस्रो स्थानीय सिद्धान्त गोले र प्रमाणपत्र तथा मेडल थाहानगर सोल्टुका हरेराम कार्कीले सौजन्य गरेका थिए ।

प्रतियोगिताको निर्णायकमा शंकर लो र पूर्णध्वज केसी रहेका थिए । खेलकुदका माध्यमबाट गाउँटोलका युवाहरुबीच सामाजिक सद्भाव जगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको संयोजक मोक्तानले बताए । युवा–युवाबीचको सद्भाव र एकताले मात्रै विकासले गति पाउने संयोजक मोक्तानको भनाइ थियो । गतवर्ष यो रनिङ शिल्ड वयस्क टिमले जितेको थियो । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)