Monday, 24th August, 2026
वि.स.

सवारी पासका लागि घूस लिने अख्तियारको फन्दामा

ghus-1592933981.jpg

जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा लेखापढी ब्यवसाय गर्ने एक व्यक्ति सवारी पासका लागि घूसलिने क्रममा पक्राउ परेका छन् ।

ढकाल एण्ड सापकोटा सर्भिसेजका खेमराज सापकोटाले सेवाग्राहीलाई काठमाडाैंबाट धनकुटा जाने प्रयोजनको लागि सवारी पास बनाई दिने भनी घूस मागेका थिए ।

घूस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले  लेखापढी ब्यवसायी खेमराज सापकोटालाई रु. तीन हजार घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो।

बबरमहल स्थित जिल्ला प्रशासन कार्यालय काठमाडाैंको नजिक रहेको लेखापढी सेन्टरबाट नियन्त्रणमा लिइएका उनीमाथि अहिले अनुसन्धान भइरहेको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif