Friday, 28th August, 2026
वि.स.

सर्वोच्चको फैसलाः थाहानगरको शिखरकोटमा दीपप्रज्वलन

Arun-1614087299.jpg

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको फैसलाको थाहानगरमा स्वागत गरिएको छ । 

नेकपा थाहानगर अध्यक्ष अरुण रायमाझीको उपस्थितमिा शिखरकोटमा दीप प्रज्वलन कार्यक्रम भएको छ । साँझ भएको कार्यक्रममा न्यायलयले जनताको पक्षमा फैसला गरेको अध्यक्ष रायमाझीले प्रतिक्रिया दिए । 

रायमाझीले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुर्नस्थापना गर्ने फैसला गरेर अदालतको गरिमालाई बढाएको बताएका छन् । उनले प्रधानमन्त्रीको कदमलाई बदर गर्ने निर्णय गरेर अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला गरेको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif