Sunday, 23rd August, 2026
वि.स.

सर्वोच्चको आदेश : लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था

tax-1591870981.jpg

 सर्वोच्च अदालतले सरकारले असार ७ र १५ गतेभित्र बुझाउन भनी जारी भएको सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रुपमा खुलेको ३० दिनभित्र कर तथा विवरण बुझाउने व्यवस्था परमादेश जारी गरेको छ ।

अधिवक्ताहरु सिर्जना अधिकारी र थानेश्वर काफ्लेले अर्थमन्त्रालय र आन्तरिक राजश्व विभागलाई विपक्षी बनाई दायर उत्प्रेषण मुद्धामा सर्वोच्च अदालतका न्यायाधीशदय अनिलकुमार सिन्हा र डा। मनोजकुमार शर्माको संयुक्त इजलासले लकडाउन पूर्ण रुपमा खुलेको ३० दिनभित्र कर बुझ्ने बुझाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो ।यो आदेश जेठ २८ गते नै जारी भएको थियो । सर्वोच्चले आदेशको पूर्ण पाठ बिहीबार सार्वजनिक गरेको हो ।

‘नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागबाट २०७७ असार ७ र १५ गते भित्र कर तथा विवरण बुझाउने सम्बन्धमा भनी जारी भएको सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु।’ सर्वोच्चको आदेशमा भनिएको छ’बन्दाबन्दी पश्चात पनि केही अवधिसम्म सामाजिक दूरी लगायत अन्य विभिन्न सुरक्षित रहने उपायहरु अवलम्बन गर्नुपर्ने अवस्था परिस्थितिलाई विचार गरी विवरण र कर राजश्व दाखिल गर्ने प्रक्रिया र कार्यविधिलाई सरलीकृत गर्नु ।’

सर्वोच्चले बन्दाबन्दी खुलेपछि पनि पुनः नयाँ परिस्थिति सिर्जना भई देशभर वा कुनै खास क्षेत्रमा प्रतिकूल व्यवस्था देखिएको कारण करदाताहरुले आ आफ्नो पेशा, रोजगार, उद्योग व्यापार तथा व्यवसायको संचालनमा कठिनाई देखिन आएमा न्यायोचित तवरले उपरोक्त बमोजिमको अवधिहरु पुनरावलोकन गरी नयाँ समयावधि तोक्नेतर्फ आवश्यक व्यवस्था मिलाउन समेत भनेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०