Sunday, 30th August, 2026
वि.स.

सरकारी कार्यालय बन्द हुँदैन-थापा

Thaha-Surya-1584715765.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवाबाहेक अन्य सेवा दुई साताका लागि बन्द गर्ने घोषणा गरे पनि सरकारी कार्यालय भने बन्द नहुने भएका छन् । सरकारी कर्मचारी भने नियमित आफ्नो कार्यालयमा जानुपर्ने सरकारले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वसाधारणको भीडभाड नहोस् र संक्रमणको कुनै जोखिम नरहोस् भनेर अत्यावश्यक बाहेकका सरकारी सेवामात्र बन्द गरिएको तर सरकारी अड्डाहरु भने बन्द नहुने बताए । कुन कुन कार्यालयबाट सेवा प्रदान हुनेछ भन्ने बारेमा उच्चस्तरीय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयको छलफलपछि सर्वसाधारणलाई प्रष्ट हुनेगरि जानकारी गराइने समेत थापाले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दा सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाज गर्ने बताएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०