Monday, 24th August, 2026
वि.स.

समाज सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

gg-1597250474.jpg

गृह मन्त्रालयले सवारी पास वितरण बन्द गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ। बुधबार पत्राचार गर्दै मन्त्रालयले सबैखाले पास वितरण गर्न बन्द गर्ने निर्देशन जारी गरेको हो। 

बिहीबारबाट लागू हुने गरी पास वितरण बन्द गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ। कोरोना भाइरसको संक्रमण बढेको भन्दै मन्त्रालयले पास वितरण रोक्न भनेको हो। योसँगै अर्को व्यवस्था नहुन्जेलसम्म अब जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण रोक्न भनिएको छ। 

सरकारले जिल्लाभित्र यातायात चलाउन अनुमति दिएपनि जिल्ला बाहिर जानका लागि पास अनिवार्य भएको छ। हाल काठमाडौं उपत्यकासहित सक्रिय संक्रमित २ सयभन्दा बढी भएका जिल्लामा जोरबिजोर प्रणाली लागू भएको छ। 

 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०