Sunday, 23rd August, 2026
वि.स.

सभापति दाबी गर्न पौडेल पक्ष पनि सक्रिय, आज बैठक

sabhapati-1624602658.jpg

पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आफ्नो सक्रियता बढाएका छन्।

यस क्रममा उनले आज ९शुक्रबार० दिउँसो आफूपक्षीय नेताहरूको बैठक राख्दै छन्।

एक नेताका अनुसार दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्यान्डमा पौडेलपक्षीय केन्द्रीय सदस्यहरूबीच छलफल हुने भएको हो।

महाधिवेशनमा सभापति बन्न सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले आफूपक्षीय छलफल बढाइरहेका छन्।

देउवाले सातै प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग छलफल गरी आगामी महाधिवेशनमा आफू नै सभापतिमा उठ्ने जानकारी गराइसकेका छन् भने निधिले पनि आफ्ना पक्षका नेतासँग यसपटक आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन्।

यसै क्रममा पौडेल पक्ष पनि सक्रिय हुन लागेको हो। पौडेल पक्षमा ६ नेता पार्टीको सभापतिको आकांक्षी देखिएका छन्।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गरिरहेका छन्।

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ र १९ गते गर्ने निर्णय भएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०