Sunday, 16th August, 2026
वि.स.

सदनमा रेजिशा गोपालीको परिवारका लागि न्याय मागे सांसद बर्तौलाले, बालिकाको परिवार भेट्न घरमै पुगे 

nhul-gau-1694334043.jpg

एमाले सचेतक महेश बर्तौलाले कान्ती बाल अस्पतालको लापरबाहीबाट लगातार ज्वरो र वान्ताले थलिएकी रेजिशा गोपालीको ज्यान गएकोमा सदनमा न्याय मागेका छन् । यसैबीच बर्तौला बालिकाको हजुबुबा तथा आमा र परिवार भेट्न थाहा नगरपालिका १० स्थित घरैमा पुगेका छन् । 

सांसद बर्तौलाले प्रतिनिधि सभाको बैठकमा बोल्दै  घटनाले अस्पतालभित्रको बेथिति झल्काएको र निर्देशकले जिम्मा लिनुपर्ने बताए । ‘वैदेशिक रोजगारीमा पोर्चुगल गएको बुवाको सपना कान्ति बाल अस्पतालको लापर्बाहीका कारण चकनाचुर भयो,’ सदनमा उनले भने, ‘चरम गैरजिम्मेवारीपनले पाँच वर्षको बच्चाको मृत्यु भयो । यसले अस्पतालभित्रको बेथिति देखाउँछ । निर्देशक र अस्पताल विकास समितिले यसको जिम्मेवारी लिनुपर्छ । स्वास्थ्यमन्त्रीले जवाफ दिनुपर्छ । पीडितलाई  अविलम्ब न्याय र क्षतिपूर्ति दिनुपर्ने माग गर्दछु ।’

उनको सचिवालयले दिएको जानकारी अनुसार सचेतक बर्तौलाले २३ भदौ विहान करिव ८ः०० बजेको समयमा मकवानपुरको थाहा नगरपालिका १० स्थित गोपालीको घरैमा पुगेर परिवारलाई भेटेका थिए । उनी  न्हुलगाउँ आउने जानकारी पाएपछि स्थानीययहरु भेला भएका थिए र वर्तौलालाई घटनाका बारेमा जानकारी दिंदै न्याय दिलाईदिन अनुरोध गरेका थिए । 

सचेतक बर्तौलाले पनि बालिकाका आफन्तसंग भलाकुसारीका क्रममा आफू नागरिकका न्यायका पक्षमा उभिने वताउँदै पहिलो कुरा अस्पतालले आगामी दिनमा यस्तो घटना नहोस् भन्नेमा ध्यान दिनुपर्ने तथा आफु निरन्तर दवाबमुलक खवरदारीमा रहने, दोश्रो दोषीलाई कारबाही र परिवारको न्याय र तेश्रो अस्पतालका निर्देशकले यो घटनाको जिम्मा लिनुपर्ने आफ्नो कुरा रहेको बताएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०