Monday, 24th August, 2026
वि.स.

संसद पुनःस्थापनसँगै माननीयहरूलाई एकमुष्ट तलब , ६ कराेड निकासा हुँदै

samsad-1626270867.jpg

सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गर्दै छ । 

सर्वाेच्च अदालतले २८ असारमा अपराह्न प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अहिले संसद् सचिवालय हिसाब निकाल्न जुटेको छ । एक सांसदलाई मासिक ६४ हजार ७० रूपैयाँ पारिश्रमिक, काठमाडौंमा घर हुनेलाई आवास सुविधाबापत ९ हजार र घर नहुनेका लागि १८ हजारका दरले निकासा हुँदै आएको छ । यसका अलावा संसद् बैठक बसेको दिन बैठक भत्ता र ट्याक्सी भाडा तथा समितिको बैठक बसेको दिन छुट्टै भत्ता हुन्छ । 

प्रतिनिधिसभा पुनःस्थापना भएसँगै समितिका सभापति, प्रमुख दलका सचेतकहरूले गाडी र इन्धनको सुविधा पनि पाउनेछन् । यो हिसाबले सांसदहरूका लागि औसतमा झण्डै २ करोड तलबबापत मात्रै खर्च हुन्छ । यस्तै, उनीहरूका पिएको लागि झण्डै १ करोड ५ लाख हाराहारी रकम निकासा हुने संसद् सचिवालयले जनाएको छ । 

सांसदका पिएले अधिकृत स्केलको तलब सुविधा पाउँदै आएका छन् । यसरी सांसद तथा पिएका नाममा जेठ र असारको मासिक ३ करोडका दरले दुई महिनाको एकमुष्ट ६ करोड रकम खातामा हालिदिने तयारी छ ।

१ साउनबाट यो आर्थिक वर्ष समाप्त हुने हुँदा जेठ र असारमा कामै नगरे पनि सांसद तथा पिएले दुई महिनाको तलब एकमुष्ट बुझ्नेछन् । यो समाचार जनआस्थामा छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०