Friday, 28th August, 2026
वि.स.

संवैधानिक परिषद् बैठक सकियो, लगतै प्रधानमन्त्री पुगे राष्ट्रपति निवास !

baithak-1608048382.jpg

संवैधानिक परिषद् बैठक सकिएको छ।

सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेको बैठकमा प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीसहित तीन जना सदस्यको बैठक बसेको थियो।

सापकोटा र देउवा उपस्थित नभएपनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित बैठक बसेको थियो। सो बैठकमा संवैधानिक निकायहरुमा नियुक्तिबारे छलफल भए पनि त्यसका निर्णयबारे केहि सार्वजनिक गरिएको छैन।

‘नियुक्तिबारे छलफल भयो, सार्वजनिक गर्नुपर्ने त्यस्तो केहि कुरा छैन,’ स्रोतले भन्यो। ३० मंसिर बिहान बसेको बैठकमा सभामुख सापकोटा उपस्थित नहुँदा बैठकका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि प्रधानमन्त्री ओलीले पुनः  ३० मंसिर साँझ ५ बजेका लागि बैठक डाकेका थिए। त्यसपछि दिउँसो सरकारले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम तोकेर अध्यादेश ल्याएको थियो।

सो अध्यादेश ल्याएपछि बिहान बैठकमा उपस्थित भएका प्रतिपक्षी दलका नेता देउवा समेत साँझको बैठकमा अनुपस्थित रहे। परिषद्को बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शीतल निवास गएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ जनाको पद रिक्त छ। तिनै पदहरुमा नियुक्तिका लागि सो बैठक बस्न लागेको हो।

अध्यादेश ल्याएकोमा सत्तारुढ नेकपा सचिवालयका बहुमत शीर्ष नेताहरु र नेपाली कांग्रेसलगायत अन्य दलहरुले पनि त्यसको चर्को विरोध गरेका छन्।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०