Saturday, 29th August, 2026
वि.स.

शिक्षक संघ थाहानगरको तेश्रो स्थानीय प्रतिनिधि सभा 

Cong-1613830012.jpg

नेपाल शिक्षक संघ थाहानगर कमिटिको तेश्रो स्थानीय प्रतिनिधि सभा सम्पन्न भएको छ । कार्यक्रम थाहानगर कार्य समिति र इन्द्रसरोवर गाउँपालिका कार्य समितिको संयुक्त, रुपमा भएको हो । 
 
थाहा नगरपालिका वडा नम्बर १ कुन्छाल भन्ज्याङमा भएको कार्यक्रम नेपाल शिक्षक महासंघका संघिय महासचिव लक्ष्मी किशोर सुवेदीको प्रमुख आतिथ्यमा भएको हो । 

थाहानगर अध्यक्ष बिनोद सुवेदी सभाध्यक्षतामा भएको कार्यक्रममा थाहानगर उपप्रमुख खड्ग बहादुर गोपाली, काँग्रेस थाहानगर सभापती योगेन्द्रमान श्रेष्ठ, नेपाल शिक्षक संघ मकवानपुर  जिल्ला अध्यक्ष रामकुमार अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

थाहानगर सचिव विक्रम गोपालीले कार्यक्रम संचालन गरेको सो कार्यक्रममा केशव सुवेदीले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अवसरमा थाहानगरका चारजना शिक्षक नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् । नवप्रवेशी शिक्षकहरुलाई प्रमुख अतिथिले सुवेदीले सदस्यता दिई स्वागत गर्नु गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०