Friday, 28th August, 2026
वि.स.

शान्तिपूर्ण राजनीतिबाट समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य : अध्यक्ष थापा

kamal-thapa-1614851941.png

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल सरकार र नेकपा विप्लव समूहकाबीचको सहमति सकारात्मक भएको रहेको प्रतिक्रिया जनाएका छन् ।

तीनबुँदे सहमति सार्वजनिक भएलगत्तै उनले ट्वीटमार्फत स्वागत गरेका हुन्। संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको थापाको भनाई छ।

उनले भनेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ । संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य छ ।’

सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै दुई वर्ष अगाडि प्रतिबन्ध लगाएको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif