nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शक्तिश्वरी कपमा कोरस र चुरेकालिकाको बिजयी शुरुवात

हेटौँडामा भई रहेको स्वर्गीय सुनिल रुम्बा स्मृती शक्तिश्वरी कप अन्तरगत कोरस युवा क्लब र चुरेकालिका युवा क्लबले बिजयी शुरुवात गरेका छन् । ९ असोजमा भएको खेलमा कोरस युवा क्लब, रातोमाटेले एफ्।सी। हेटौँडा–१७, ठुलोसुकौलीलाई ० का बिरुद्ध १ गोल गर्दै बिजयी भएको हो ।
कोरस युवा क्लबका महेश माझीले निर्णायक गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच भने कोरसकै अमृत लामा घोषित भए । ९ असोजमै भएको दोश्रो खेलमा चुरेकालिका युवा क्लब ‘ए’ नयाँबस्तीले पान्द्राङ्ग एफ्।सी। युवा क्लब, निबुवाटारलाई ० का बिरुद्ध ३ गोल गर्दै बिजयी भयो । चुरेकालिकाका लागि मनोज लामाले २ गोल र सुमन लामाले १ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच चुरेकालिकाका अनिल बल भए ।
हिजो९शनिबार०देखि भएको प्रतियोगितामा २१ वटा टिमको सहभागिता रहेको छ । शक्तिश्वरी युवा क्लब हेटौँडा–१७, चुरियामाई–भोर्ले कमानेले आयोजना गरेको प्रतियोगिता नकआउट आधारमा खेलाईएको छ । प्रतियोगिता अन्तरगत भोली९सोमबार० दुई खेल हुने आयोजक शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिए । 
पहिलो खेल बिजय युवा क्लब, ठुलोसुकौली बिरुद्ध शक्तिश्वरी युवा क्लब ‘ए’ तथा दोश्रो खेल चुरेकालिका युवा क्लब ‘बी’ बिरुद्ध चाईनाक्वाटर एफ्।सी। हेटौँडा–१ भिड्ने छन् ।
प्रतियोगिताको प्रथम, दोश्रो र तेश्रो हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्र सहित क्रमशः २५ हजार, १५ हजार र पाँच हजार रुपैँया पाउँनेछन् । त्यस्तै, प्रत्येक म्यान अफ दी म्याचले ट्रफी पाउँनेछन् भने उत्कृष्ट खेलाडी, किपर र सर्वाधिक गोलकर्ताले ट्रफी र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा ऋद्धीसिद्धी सिमेन्ट उद्योग, हेटौँडा १७ रहेको छ ।

-अशोक श्रेष्ठ/हेटौंडा